२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूले गरे चौथो ‘प्राइड परेड’ आयोजना


सञ्चार डबली
  • शनिबार, मंसिर २३ २०८०
  • 6.0K
    SHARES

  • images
     यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूले गरे चौथो ‘प्राइड परेड’ आयोजना

     

    काठमाडौँ । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूले चौथो ‘प्राइड परेड’ आयोजना गरेका छन् । आज क्वयेर युथ ग्रुपको अगुवाइमा काठमाडौँको शान्ति बाटिकाबाट सुरु भई नारायणचौर सम्म ‘चौथो पारलैङ्गिक गौरव यात्रा’ नाम दिइ यात्रा गरेका हुन् । नेपालमा हरेक वर्ष प्राइड परेड आयोजना गर्ने गरिए पनि पारलैङ्गिकले पनि छुट्टै गौरव यात्रा आयोजना गर्छन् ।

    सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरू अथवा लैङ्गिक तथा यौनिक अल्पसंयक व्यक्तिहरूप्रति हुने सामाजिक लाञ्छनालाई तोडेर आफ्नो पहिचानमा गौरव गर्ने सन्देश लिएर विश्वभर गौरव यात्रा (प्राइड परेड) आयोजना गरिन्छ ।सन् २०२० बाट पारलैङ्गिक गौरव यात्रा आयोजना गर्न थालिएको हो । 

    क्वयेर युथ ग्रुपकी प्रमुख कार्यकारी अधिकृत रुक्शना कपालीले नेपालमा पारलैङ्गिकहरुको विषयवस्तुहरुलाई उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जानकारी दिइन् । उनले भनिन् ‘नेपालमा पारलैङ्गिकहरुको विषयवस्तुहरुलाई मूल प्रकाशको रुपमा ल्याउनका लागि कार्यक्रम आयोजना गरेका हौं ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend