२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

महिलाहरुलाई नेतृत्व दिन सकिएमा भ्रष्टाचार आफै कम हुँदै जानेछ : मन्त्री आचार्य


सञ्चार डबली
  • शनिबार, मंसिर २३ २०८०
  • 8.2K
    SHARES

  • images
    महिलाहरुलाई नेतृत्व दिन सकिएमा भ्रष्टाचार आफै कम हुँदै जानेछ : मन्त्री आचार्य

     

    काठमाडौं । महिलाहरुलाई नेतृत्व दिन सकिएमा भ्रष्टाचार आफै कम हुँदै जाने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बताएका छन् । आज काठमाडौंमा नेपाल प्रेस युनियन महिला विभागद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले, महिलाहरुलाई नेतृत्व दिन सकिएमा भ्रष्टाचार आफैं कम हुँदै जाने भएकाले महिलालाई थप अधिकार दिने कुरामा गम्भिर हुन आवश्यक रहेको बताएका हुन् । 

    उनले भने,‘ अहिले देशमा भ्रष्टाचारको ठूलो रोग छ । जब महिलाहरुलाई नेतृत्व दिन सकियो भने त्यहाँ भ्रष्टाचारमा अटोमेकि कमि आउँछ । त्यो मान्यता मेरो व्यक्तिगत रुपमा नै छ र मैले उठाउने गरेको पनि छु । जुन सुकै स्थानिय तहमा पनि महिला नेतृत्व छ भने त्यहाँ भ्रष्टाचार पनि कम छ । त्यसैले महिलालाई थप अधिकार दिने कुरामा हामी गम्भिर हुनै पर्छ ।’ 

    जबसम्म प्रत्येक घरमा महिलाहरुलाई हेर्ने दृष्टिकोण र महिला सहभागीताका विषयमा सोच्न सकिँदैन् तबसम्म महिला मन्त्रालयले मात्र गरेर महिला माथि  हुने विभेद् अन्त्य हुन नसक्ने उनको भनाई छ । उनले भने,‘एउटा महिला मन्त्रालयले मात्र गरिदिएर यो महिला माथि  हुने विभेद् अन्त्य हुँदैन् । जबसम्म प्रत्येक घरमा महिलाहरुलाई हेर्ने दृष्टिकोण र महिला सहभागीताका कुराका विषयमा हामी सोच्न सक्दैनौं तबसम्म समाज परिवर्तन हुन सक्दैन् ।’ 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend