२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

'इन्जिनियरिङ पढ्न विदेश जानु पर्दैन्, नेपालमै राम्राे छ'


सञ्चार डबली
  • शनिबार, मंसिर २३ २०८०
  • 10.3K
    SHARES

  • images
    'इन्जिनियरिङ पढ्न विदेश जानु पर्दैन्, नेपालमै राम्राे छ'

     

    काठमाडौं । इन्जिनियरिङका प्राध्यापकहरुले इन्जिनियरिङ पढ्न विदेश जानुपर्ने आवश्यकता नरहेको बताएका छन् । उनीहरुले इन्जिनियरिङ स्वदेशमै अन्तराष्टियस्तरको पढाई हुने बताए । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरले नवआगन्तुक विद्यार्थीको स्वागतमा गरेको कार्यक्रममा प्राध्यापकहरुले नेपाल मै अन्तर्राष्टियरको पढाई हुने भएकोले इन्जिनियरिङ पढन विदने जान आवश्यक नभएको बताए ।

    नेपालको इन्जिनियरिङको पढाई विदेशमा भन्दा कुनै हिसावले कम छैन, उनीहरुको एउटै भनाई थियो, नेपालकै इन्जिनियरिङ कलेजहरुले त्यही अनुसारको गुणस्तरीय पढाई गराउँंछन् । कलेजका कार्यबाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले नेकले पनि त्यही गुणस्तरको पढाई गराउँदै आएको चर्चा गरेका छन् ।

    २२ वर्षदेखि आफूले पनि इन्जिनियरिङ पढाउँंदै आएको भन्दै नेपालको इन्जिनियरिङको पढाई गुणस्तरीय भएको बताए । देशविदेशका विभिन्न इन्जिनियरिङका कलेजहरुसँंग आफू प्रत्यक्ष अप्रत्यक्ष आफू जोडिएको भन्दै उनले नेपालको इन्जिनियरिङको पढाई बरु विदेशका विश्वविद्यालय भन्दा गुणस्तरीय पाइएको सुनाए ।

    कार्यक्रमका कलेजका एसिष्टेन्ट प्रोफेसरहरु सचिन श्रेष्ठ, युवराज गिरीलगायतले झण्डै शतप्रतिशत प्राध्यापकहरु पूर्णकालिन रहेकोले झण्डै तीन दशकदेखि नेकले इन्जिनियरिङमा अव्वल नतिजा निकाल्न सफल भइरहेको चर्चा गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend