२२ मंसिर, काठमाडौं । यूएईबाट आएका गोरखाका ४५ वर्षीय चन्द्र घलेको साथबाट बिहीबार राति १४ किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्र घले र मीनबहादुर घले रहेको भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले जानकारी दिए।
विहीबार राति ११:४० को फ्लाइ दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौं आएका चन्द्र घलेले छातीको दायाँ–बायाँ कपडामा बेरेरे लुकाएर ल्याएको अवस्थामा बिस्कुट आकारको ७ थान (१४ किलो) सुन भेटिएको थियो।
‘विशेष सूचनाका आधारमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर जाँच गर्दा सुनका ७ वटा विस्कुट बरामद भएका हुन्’, उनले भने । विमानस्थलमा ओर्लिने वित्तिकै भन्सार र प्रहरीको टोलीले घलेलाई नियन्त्रणमा लिएको थियो ।
एक्सरेमा जाँच गरेर उनलाई कपडाभित्र लुकाएको सुन निकालिएको थियो । उनले जुत्तामा समेत सुन लुकाएको पाइएको भन्सारले जनाएको छ । सुन ल्याउन लगाउने गोरखाका मिनबहादुर घलेलाई पनि प्रहरीले पक्राउ गरिएको भन्सार प्रमुख पाण्डेले जानकारी दिए।
पक्राउ परेका दुबैजनालाई थुनामा राख्न प्रहरी प्रभाग कोटेश्वर पठाइएको भन्सार प्रमुख पाण्डेले जानकारी दिए। कार्यालय खुलेपछि उनीहरूलाई विमानस्थल भन्सार कार्यालय गौचरमा उपस्थित गराइ थप अनुसन्धान हुने उनले बताए।
एक जना पक्राउ परेका छन् ।
फ्लाई दूबईको विमानमार्फत यूएईबाट आएका गोरखा, बारपाकका ४५ वर्षीय चन्द्र घलेको साथबाट दुई किलो सुनको गरेर ७ वटा विस्कुट बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले अनलाइनखबरलाई बताए ।
प्रहरीका अनुसार, सुन ल्याउने घले गएराति ११ः५६ बजे फ्लाई दुबईको एफजेड ५७३ विमानबाट काठमाडौं अवतरण गरेका थिए । पक्राउ परेका दुवै जनाविरुद्ध निकासी पैठारी नियन्त्रण ऐन, २०१३ र भन्सार ऐन, २०६४ अनुसार थप अनुसन्धान हुनेछ ।
प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले दुई दिनअघि मात्र तस्करीको सुन राखेको आशंकामा न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद गरेको थियो ।


