२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

कर्मचारी आवश्यकताको पर्चा बाँड्नेलाई काठमाडौँ महानगरले तिरायो ५ हजार जरिवाना


सञ्चार डबली
  • बिहीबार , मंसिर २१ २०८०
  • 7.8K
    SHARES

  • images
    कर्मचारी आवश्यकताको पर्चा बाँड्नेलाई काठमाडौँ महानगरले तिरायो ५ हजार जरिवाना

    काठमाडौँ । कर्मचारी आवश्यकता भन्दै पर्चा बाँड्नेलाई काठमाडौँ महानगरपालिकाले ५ हजार रुपैयाँ जरिवाना तिराएको छ । काठमाडौँ महानगर प्रहरीले कलंकीमा कर्मचारी आवश्यकताको पर्चा बाँड्दै गरेका सन्देश आले मगरलाई ५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।

    पर्चा बाँड्ने र मान्छे ठग्ने साथै सडकमा पर्चा फाली फोहोर गरेको भन्दै महानगरले जरिवाना तिराएको हो । कर्मचारीको आवश्यकता भन्दै सडक पोलहरूमा पर्चा टाँस्ने, सडकमा हिँड्ने मान्छेहरू वितरण गर्ने जस्ता कार्य गरेको पाइएपछि महानगर प्रहरीले जरिवाना गरेको हो ।

    काठमाडौँ महानगरले आफ्नो कार्य क्षेत्रभित्र पर्चा पम्पटेल टाँस्ने, बाँड्ने लगायतका कार्यमा रोक लगाएको छ । कानुन विपरीतको कार्य गरेको पाइएपछि जरिवाना गराइएको महानगर प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend