२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

टिकटकले सरकारलाई पठायो इमेल


सञ्चार डबली
  • बिहीबार , मंसिर २१ २०८०
  • 7.4K
    SHARES

  • images
    टिकटकले सरकारलाई पठायो इमेल

    काठमाडौं, २१ मंसिर । चिनियाँ लगानीको भिडियो प्लेटफर्म टिकटकले नेपाल सरकारलाई इमेल गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई सम्बोधन गर्दै टिकटकले इमेल पठाएको हो।

    पत्रमा सचिव कृष्णबहादुर राउतको ध्यानाकर्षण गराइएको छ। टिकटकको इमेलमा सरकारले सामाजिक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका बनाएकोमा प्रशंसा गरेको मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले बताए।

    निर्देशिकाको प्रशंसा गर्दै लेखिएको पत्रमा यसबारे प्रस्ट पारिदिन उल्लेख समेत गरिएको छ। निर्देशिकाको केही अनुसूची र बुँदाबारे बुझाइदिन भनिए पनि मन्त्रालयले तत्काल इमेल नफर्काउने सुवेदीले बताए। 

    अहिले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा जवाफ फर्काउन नमिल्ने उनको भनाइ छ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend