२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

क्यासिनो प्रवेश गर्न नेपालीलाई भारतीय आधार कार्ड बनाइदिने तीनजना पक्राउ


सञ्चार डबली
  • बिहीबार , मंसिर २१ २०८०
  • 6.4K
    SHARES

  • images
    क्यासिनो प्रवेश गर्न नेपालीलाई भारतीय आधार कार्ड बनाइदिने तीनजना पक्राउ

    काठमाडौं, २१ मंसिर । नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीनजनालाई  प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा दोलखा मेलुङ गाउँपालिका-३ घर भई काठमाडौं बुढानिलकण्ठ बस्ने ४७ वर्षीय गोबिन्द खड्का, ओखलढुंगा चिसंखुगढी गाउँपालिका-८ घर भई ललितपुर सातदोबाटो नखिपोट बस्ने ३९ वर्षीय नविन राई र रुपन्देही तिलोत्तमा नगरपालिका-२१ कोटिहवा घर भई काठमाडौं तारकेश्वर बस्ने २५ वर्षीय बिनोद न्यौपाने रहेका छन् । 

    काठमाडौं उपत्यकाका क्यासिनोहरुमा हुने विभिन्न कृयाकलापहरूमाथि निगरानी गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे  छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend