२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

एनसेल खरिदबिक्री प्रकरण, समिति बनाएर अध्ययन गर्ने कुरा नाटक मात्रै हो : रवि लामिछाने


सञ्चार डबली
  • बिहीबार , मंसिर २१ २०८०
  • 7.2K
    SHARES

  • images
    एनसेल खरिदबिक्री प्रकरण, समिति बनाएर अध्ययन गर्ने कुरा नाटक मात्रै हो : रवि लामिछाने


    काठमाडौं । एनसेल खरिदबिक्री प्रकरणमा समिति बनाएर अध्ययन गर्ने सरकारको भनाईलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नाटकको संज्ञा दिएका छन्। पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग एनसेलमा गैरकानूनी काम भएको भए तत्काल कारबाही गर्नुपर्ने बताए। तर समिति बनाउने कुरा नाटक भएको प्रतिक्रिया दिएका हुन्।

    एनसेल प्रकरणमा कयौँ राजनीतिक दलको संलग्नता आशंका गरेका उनले सत्ता गठबन्धनले, सर्वदलीय बैठक बस्ने नभइ कर छल्ने मानिसलाई पक्राउ गर्नुपर्ने बताए। ‘एनसेल प्रकरणमा कयौँ राजनीतिक दलहरुको संलग्नता हुनसक्छ। त्यहाँ कयौँ कुरा हुनसक्छ। त्यो एउटा छानबिनको विषय हो। तर अहिले जुन खरिदबिक्री भएको छ, भएको हो की होइनरु होइन भने किन बबाल गरेकोरु हो रहेछ भने सरकारले त्यसबापत प्राप्त गर्नुपर्ने कर रकम पायो की पाएन ? पाएको छैन भने त्यो गैरकानूनी हो की होइन। गैरकानूनी हो भने सत्ता गठबन्धन, सर्वदलीय बैठक बस्ने की छल्ने मानिसलाई गएर समात्ने हो ? यो बेकारको नाटक हो।’ उनले भने ।

    एनसेल खरिदबिक्री प्रकरणबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले दिएको अभिव्यक्ति प्रतिक्रिया दिन समेत लायक नभएको उनको टिप्पणी छ । ‘कर छलि गरिसकेपछि कारबाही हुनुपर्छ, केको लागि यो समितिरु वृहत छानबिन शुरुवातदेखि आजसम्मको छानबिन गरौँ। तर तत्काल कारबाही हुुनपर्छ, कर छली भएको हो भने, अर्थमन्त्रीलाई थाहा छैन भन्नुभयो, यो भन्दा लाजमर्दो कुरा अरु के हुन्छ।’ उनले भने ‘ अर्थमन्त्रीको अभिव्यक्ति प्रतिक्रिया दिन लायक पनि छैन। सरकारले गर्न खोजेको अलमल, समिति, आयोग मैले बुझेको छैन।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend