२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

पशुपतिनाथ मन्दिर आसपास मासु, मदिराजन्य तथा नशालु पदार्थ बिक्री प्रयोगमा रोक


सञ्चार डबली
  • बिहीबार , मंसिर २१ २०८०
  • 9.2K
    SHARES

  • images
    पशुपतिनाथ मन्दिर आसपास मासु, मदिराजन्य तथा नशालु पदार्थ बिक्री प्रयोगमा रोक

    २१ मंसिर २०८०, बिहीबार

    काठमाडौँ - जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपतिनाथ मन्दिर परिसर तथा आसपासको क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बिक्रीवितरण, ओसारपसार, भण्डारण र सेवनमा रोक लगाएको छ ।

    पावन पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक, मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिणभित्रका सबै भागमा निषेधाज्ञा लागू गरिएको हो । बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व) २०८० लाई मध्यनजर गर्दै आजदेखि मंसिर २७ गतेसम्मका लागि मदिराजन्य पदार्थको प्रयोगमा रोक लगाइएको हो । 

    कोही कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले चेतावनी दिएको छ ।

    Capture-1701910025.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend