२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ


सञ्चार डबली
  • बुधबार, मंसिर २० २०८०
  • 5.8K
    SHARES

  • images
    श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

    उदयपुर, २० मंसिर । त्रियुगा नगरपालिका–५ दमौटी गाउँकी एक महिला श्रीमानको हत्या गरेको आरोपमा पक्राउ परेकी छन् । 

    ६० वर्षीय श्रीमान श्याम राईको हत्या गरेको आरोपमा ४० वर्षीया निरकुमारी राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनले श्रीमानको हत्या गरेर शवलाई नजिकैको झाडीमा स्याउलाले छोपेर राखेकी थिइन् । तर, स्थानीयले देखेर खबर गरेपछि पुगेको प्रहरीले निरकुमारीलाई पक्राउ गरेको हो । 

    प्रारम्भिक अनुसन्धानका क्रममा उनले श्रीमान श्यामको हत्या गरेको स्वीकार गरेकी प्रहरीको भनाइ छ । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend