२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सुन तस्करी प्रकरण लगायत सबै भ्रष्टाचार काण्ड वर्तमान व्यवस्थाका उपज : रविन्द्र मिश्र


सञ्चार डबली
  • बुधबार, मंसिर २० २०८०
  • 8.0K
    SHARES

  • images
    सुन तस्करी प्रकरण लगायत सबै भ्रष्टाचार काण्ड वर्तमान व्यवस्थाका उपज : रविन्द्र मिश्र


    काठमाडौं । सबै भ्रष्टाचार काण्ड वर्तमान व्यवस्थाका उपज भएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले टिप्पणी गरेका छन् । बुधवार पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग उनले नक्कली भूटानी शरणार्थी प्रकरण, एनसेल प्रकरण, सुन तस्करी प्रकरण सबै यही व्यवस्थाका उपज भएको उनको तर्क छ ।

    ‘संसारमा त्यस्तो कुनै देश छैन् जसले वेतनधारी कर्मचारीतन्त्रको यूनियन बनाएर त्यस देशले प्रगती गरेको होस् । अथवा संवैधानीक नीतिमा यस्तो धेरै हस्तक्षेप गरेर त्यो सुशासन दिन सकियोस् ।’ उनले भने ‘त्यसैले यो एनसेल, सुन तस्करी प्रकरण, नक्कली भूटानी शरणार्थी प्रकरणहरुको कुरा गर्नु सबै अर्थहीन हुन्छ । यो सबै वर्तमान व्यवस्थाको उपज हो ।’

    नेपालको संविधानले कर्मचारीतन्त्र, न्यायपालिका र पेसाकर्मीहरुलाई राजनीतिमुक्त राख्न नसकेको उनको भनाई छ । उनले भने, ‘हामी सबै मिलेर सबैभन्दा पहिले शान्ती स्थापना, भौगोलिक अखण्डता, सार्वभौमसत्ता अन्तरराष्ट्रिय सम्मानलाई सुरक्षित राख्यौँ । जसले नेपालको संवैधानिक निकायहरुलाई राजनीति मुक्त राखोस् ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend