२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नेपालीलाई रुसी सेनामा पठाउने १२ जना पक्राउ


सञ्चार डबली
  • बुधबार, मंसिर २० २०८०
  • 5.6K
    SHARES

  • images
    नेपालीलाई रुसी सेनामा पठाउने १२ जना पक्राउ


    काठमाडौं । नेपाली युवलाई रुसी सेनामा पठाउने गिरोहका केही व्यक्ति प्रक्राउ परेका छन् । पछिल्लो केही दिनदेखि प्रहरीले चलाएको अपरेसनका क्रममा गिरोहका १२ जना पक्राउ परेका हुन् ।

    प्रहरीका अनुसार पक्राउ पर्नेमा मनिष न्यौपाने, ईश्वर अधिकारी, गोकर्ण अर्याल, दिपेन परियार, क्षितिज गिरी, सुवास लामा, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी छन् ।उनीहरुमाथि नेपाल र भारतको बाटो हुँदै अवैध रुपमा रुसी सेनामा नेपाली युवालाई पठाएको आरोपमा पक्राउ गरिएको हो ।

    रुसी सेनामा जान युवा खोज्ने, कागजात मिलाइदिनेदेखि लिएर भिजिट भिसा मिलाउनेसम्मका गतिविधिमा उनीहरूको संलग्नता देखिएको प्रहरीको भनाइ छ । अवैधरुपमा रुसी सेनामा गएका ६ जना नेपाली युवाले ज्यान गुमाइसकेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend