२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

गोरखाको कोलडाँडा हत्या प्रयास प्रकरणः मन्दिपले गरे प्रहरी समक्ष आत्मासर्मपण


सञ्चार डबली
  • मंगलबार, मंसिर १९ २०८०
  • 23.4K
    SHARES

  • images
    गोरखाको कोलडाँडा हत्या प्रयास प्रकरणः मन्दिपले गरे प्रहरी समक्ष आत्मासर्मपण

    गोरखा १९ मङ्सिर । गण्डकी गाउँपालिकाको कोलडाँडामा मंसिर ७ गते बिहीबार नाँचगानका क्रममा एक्कासी खुकुरी प्रहार गरी फरार भएका मन्दिप चेपाङले सोमबार गोरखा प्रहरीमा आत्मासमर्पण गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।

    चेपाङले नाँचगान भइरहेका बेला गण्डकी गाँउपालिका–१ मकैसिङको कोलडाँडा बस्ने २४ बर्षका सागर गुरुङलाई खुकुरी प्रहार गरेर फरार भएका भएका थिए । उक्त घटनाका मुख्य आरोपी चेपाङलाई प्रहरीले आज सोही मुद्वामा गोरखा अदालत उपस्थित गराउने र म्याद थप गराएर अनुसन्धान सुरु गर्ने प्रहरीको भनाई छ ।

    घटना लगत्तै ब्यापक रुपमा खोजी गरेको प्रहरीले उनलाई फेला पार्न नसके पछी उनको ईच्छाकामना गाँउपालिका–३ फिस्लिङ्ग चितवनमा रहेको घरबाट जापान जान भिषा लागेको पासपोर्ट र मोटरसाइकल नियन्त्रणमा लिएको थियो । राती ११ बजे भएको उक्त आक्रमणमा सागर गुरुङको टाउको गम्भीर चोट लागेको थियो । लगत्तै गुरुङको चितवनमा टाउकोको अप्रेशन गरिएको थियो ।

    गम्भीर घाइते भएका गुरुङको भने सोमबार अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उनका आफन्तका अनुसार सागरलाई घरमा नै राखेर थेरापी गर्न थालिएको छ । उहाँको बोली समेत फुटन सकेको छैन ।

    यता जिल्ला प्रहरी कार्यालय गोरखा प्रहरी निरिक्षक एवं सूचना अधिकारी रबिन्द्र अधिकारीका अनुसार घटनामा संलग्न भएको आरोपमा मंसिर १० गते गण्डकी गाँउपालिका–१ मकैसिङ बुटार बस्ने २६ बर्षिया बिमला चेपाङलाई पक्राउ गरी ११ गते ज्यान मार्ने उद्योग कसूर शीर्षकमा मुद्दामा गोरखा अदालतबाट म्याद थप गरी अनुसन्धान भई हेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend