२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

वडाध्यक्षको घरमा आगो लगाउनुको यस्तो रहेछ रहस्य


सञ्चार डबली
  • मंगलबार, मंसिर १९ २०८०
  • 9.2K
    SHARES

  • images
    वडाध्यक्षको घरमा आगो लगाउनुको यस्तो रहेछ रहस्य

    काठमाडौं । आफूले भनेको काम नगरिदिएको झोंकमा धनकुटाका एक युवकले वडाध्यक्षको घरमा आगो लगाइदिएका छन्। पाख्रीबास नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष देवेन्द्र गुरागाईंको घरमा आगजनी भएको प्रहरीले जनाएको छ।

    सोमबार मध्यान्ह १२:४५ बजेतिर वडाध्यक्षको परिवारले घरमा आगो लागेको थाहा पाएको थियो। लगत्तै गाउँलेको सहयोगमा आगो निभाइएको थियो। 

    धनकुटा प्रहरीले आगजनीमा संलग्न भएको आशंकामा सोही ठाउँका २० वर्षीय सुशील अधिकारीलाई नियन्त्रणमा लिएको छ। आफूले भनेको काम वडाध्यक्षले नगरेको रिस पोख्न त्यसो गरेको बयान उनले प्रहरीमा दिएका छन्।

    अधिकारीलाई अदालतबाट म्याद थपेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ। वडाध्यक्ष गुरागाईं नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend