२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

अवैध सुनसहित विमानस्थलबाट दुईजना पक्राउ


सञ्चार डबली
  • मंगलबार, मंसिर १९ २०८०
  • 7.5K
    SHARES

  • images
    अवैध सुनसहित विमानस्थलबाट दुईजना पक्राउ

    काठमाडौं, १९ मंसिर ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको सुन जस्तो देखिने धातु करिब १ सय ८६ ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बालाजु ठेगाना भएका ४० वर्षीय  संगित केसी र ४२ वर्षीया सुनिता श्रेष्ठ केसी रहेका छन् ।

    नेपाल एयरलाईन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्ने क्रममा संगितको साथबाट करिब ९५ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री २ थान तथा औंठी १ थान र सुनिताको साथबाट ९१ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री २ थानसहित फेला पारी पक्राउ गरेको हो ।  

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend