२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

न्यून पारिश्रमिकका लागिसमेत देश छोड्नु पर्ने बाध्यता हटाउनुपर्छ : अध्यक्ष तिमिल्सिना 


सञ्चार डबली
  • मंगलबार, मंसिर १९ २०८०
  • 8.7K
    SHARES

  • images
    न्यून पारिश्रमिकका लागिसमेत देश छोड्नु पर्ने बाध्यता हटाउनुपर्छ : अध्यक्ष तिमिल्सिना 


    काठमाडौं । न्यून पारिश्रमिकका लागिसमेत देश छोड्नु पर्ने बाध्यता हटाउन सरकारलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आग्रह गरेका छन् । आज बालक्लबका पूर्व सदस्यहरुको दोस्रो राष्ट्रिय सम्मेलनमा उनले नेपालीहरुले न्यूनतम पारिश्रमिकका लागि विदेश गएर तल्लो स्तरको श्रम गर्न बाध्य अवस्थाको अन्त्य गर्न सरकार गम्भीर हुनुपर्ने बताएका हुन । 

    नागरिक देशमै बस्ने वातावरण निर्माण गर्ने मुख्य जिम्मेवारी राजनीति गर्नेहरुकै भएको उनको भनाई छ । मासिक ४० ÷५० हजार रुपैयाँ कमाउनकै लागि नेपाली युवा जनशक्ति विदेशमा तल्लो स्तरको काम गर्न जानुपर्ने अवस्थाप्रति सरकार गम्भीर हुनु पर्नेमा उनको जोड छ । 

    ‘नेपाली युवाहरु धेरै बाहिर हुनुहुन्छ । एअरपोर्टमा विदेश जाने युवाको लाइन छ । देशबाट दुई किसिमका युवाहरु बाहिर गैरहेका छन् । एकथरि नितान्त रोजिरोटीको लागि बाहिर गएर कमाएर ल्याउँछु भनेर जानेहरु र अर्को स्तरीय जीवन बिताउन लाखौं खर्च गरेर विदेश जानेहरुमा फरक छ ।’ उनले भने ‘श्रमिक बन्न जानेहरु श्रकिको रुपमा त्यहाँको तल्लो स्तरका कामहरु गर्नलाई त्यहाँ जान नपर्ने बनाउँनु राज्यको दायित्व हो  । त्यस्तो कुरामा हामी चिन्तित हुनुपर्छ । न्यूनतम ४० ÷५० हजार रुपैयाँ पारिश्रमिकको लागि श्रम बेच्न विदेश जान नपर्ने हाम्रै देशमा त्यो कमाउन सक्ने बनाउनको लागि वातावरण बनाउन राज्य गम्भीर हुनुपर्छ ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend