२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

एनसेल शेयर खरिदबिक्री प्रकरणः कार्यालय अगाडि अनेरास्ववियुको प्रर्दशन


सञ्चार डबली
  • मंगलबार, मंसिर १९ २०८०
  • 8.3K
    SHARES

  • images
    एनसेल शेयर खरिदबिक्री प्रकरणः कार्यालय अगाडि अनेरास्ववियुको प्रर्दशन


    काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले एनसेलको शेयर खरिदबिक्रीमा भएको चलखेलविरुद्ध प्रदर्शन गरेको छ । अनेरास्ववियुले मंलगबार लैनचौरस्थित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कार्यालय अगाडि प्रदर्शन गरेको हो ।अनेरास्ववियुका अध्यक्ष समिक बडालले आफ्ना माग पूरा नभएसम्म सडक आन्दोलन नरोक्ने चेतावनी दिए ।

    सरकारले समयमै यो विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नु पर्ने नभए कडा आन्दोलन गर्ने चेतावनी दिए । ‘सक्छौ भने एनसेललाई राष्ट्रियकरण गर, सक्दैनौ भने लाचार बनेर यो सरकारको कुर्सीमा नबस, जबसम्म जनतासामु पारदर्शि तरिकाले एनसेल खरिदविक्रीको विषयहरु बाहिर ल्याउँदैन् । त्यो बेलासम्म विद्यार्थीले सडक छाड्ने छैनन् ।’ उनले भने, ‘आज हामी यहाँ छौ भोली सिंहदरबार र बालुवाटारमा जाने छौ । सरकारले समयमै यो विषयमा आफ्नो धारणाहरु स्पष्ट पारेन भने हामी जनताको बीचमा जान्छौ ।’

    प्रर्दशनकारीले ‘बाइकट एनसेल, एनसेलको आयव्यय सार्वजनिक गर, नो ट्याक्स नो सिम, रिजेक्ट एनसेल, राज्यको कर छल्न पाइदैन, नितीगत भ्रष्टाचार गर्न पाइदैनलगायतका नारा लगाएका थिए । एनसेलको ८० प्रतिशत शेयर सस्तो मुल्यमा बिक्री भएको थियो । झन्डै २ खर्बको एनसेल सात अरबमा बेचिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend