२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

गोरखामा ट्रयाक्टर दुर्घटनाका चालक बिरुद्ध सवारी ज्यान मुद्दा दर्ता


सञ्चार डबली
  • सोमबार, मंसिर १८ २०८०
  • 8.8K
    SHARES

  • images
    गोरखामा ट्रयाक्टर दुर्घटनाका चालक बिरुद्ध सवारी ज्यान मुद्दा दर्ता

    गोरखा, १८ मङ्सिर । गोरखाको सहिद लखन गाउँपालिका–३, मा दुर्घटनामा परेका ट्रयाक्टर चालक बिरुद्ध सवारी ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।

    शनिवार बिहान करिब १० ः ३० बजेको समयमा सिलिङ स्थित ढुङ्गा लोड गरी सिलिङबाट मझुवादेउराली तर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना परेर एक जनाको मृत्यु भएको थियो ।

    ध. १ त. १२५ नं.को ट्रयाक्टर अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर खसेको तल खसेको थियो । ट्याक्टर चालक गोरखा नगरपालिका– १३ घर भएका ३४ का बिश्वास गुरुङलाई प्रहरीले पक्राउ गरी सवारी ज्यान कसूर शीर्षकमा मुद्दा दर्ता गरेर जिल्ला अदालत गोरखाबाट हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको छ ।

    दुर्घटनामा ट्रयाक्टरमा सवार शहिदलखन गाउँपालिका–३ बस्ने बर्ष २६ को राम बहादुर आले, तनहुँ आँबुखैरेनी गाउँपालिका–.३, बस्ने बर्ष ३० का पदम बहादुर थापा र सोही ठाउँका २५ बर्षका प्रदिप अर्याल घाईते हुनुभएको थियो । पदमबहादुरको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend