गोरखा, १८ मङ्सिर । सिरानचोक गाउँपालिका स्तरीय चौथो राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता मंगलबार (भोली) देखि सुरु हुने भएको छ । गाउँपालिकाको वडा न ७ को बडारे खेल मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । प्रतियोगिताको गण्डकी प्रदेका मख्य मन्त्री सुरेन्द्र पाण्डेले एक कार्यक्रकको बिच उद्घाटन गर्नुहुने गाउपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा न ३ का वडा अध्यक्ष जगदश्विर ढकालले जानकारी दिनुभयो ।
प्रतियोगितामा गाउँपालिका भित्रका १६ वटा सामदायिक विद्यालयका गरि करिव ४ सय जना विद्यार्थीहरु सहभागी हुने गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मोतीमाया ढकालले जानकारी दिनुभयो । पालिका भित्र रहेको ब्राईट फ्युर बोडिङ स्कुल प्रतियोगितामा सहभागी हुने भनिएपनि अन्तिम समयमा आएर आफ्नो समस्या देखाउदै सहभागी हुन नसक्ने जानकारी आयोजकलाई गरेको छ ।
प्रतियोगितामा धेरै सहभागी हने विद्यालयबाट ३२ जना र थोरै सहभागी हने विद्यालयबाट १६ जना प्रतियोगी विद्याथहिरु सहभागी हुनेछन् । मंसिर १९ गतेबाट सुरु हुने प्रतियोगिता २१ गतेसम्म सञ्चालन हुने आयोजनकले जनाएको छ । प्रतियोगितामा विभिन्न खेलमा १५ खेलमा प्रतियोगीहरु बिच प्रतिस्पर्धा हुनेछ ।
सोमबार बेलुकीसम्ममा सबै खेलाडीहरु सम्बन्धित खेल मैदानमा पुगी सक्नेपनि गाउँपालिका प्रचार प्रसार उप समितिका संयोजक अध्यक्ष भरत हमालले जानकारी दिनुभयो । आज नै खेलको ट्राई सेट सम्बन्धित विद्यालयका शिक्षक र खेलाडी विद्यार्थीहरुलाई वितरण गरिने अध्यक्ष हमालले जानकारी दिनुभयो । खेलमा उत्कृष्ठ खेलाडीले ट्रफी मेडल र प्रमाण पत्र पाउने छन् ।


