२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

राष्ट्र बैंकमा पाँच कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर


सञ्चार डबली
  • सोमबार, मंसिर १८ २०८०
  • 6.2K
    SHARES

  • images
    राष्ट्र बैंकमा पाँच कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर

    काठमाडौं, १८ मंसिर । नेपाल राष्ट्र बैंकका पाँच जना कार्यकारी निर्देशकको जिम्मेवारी  हेरफेर गरिएको छ। सोमबार गभर्नर महाप्रसाद अधिकारीले विभागीय प्रमुख (कार्यकारी निर्देशक) को जिम्मेवारी हेरफेर गरेका हुन्। 

    राष्ट्र बैंकको प्रवक्ताको समेत जिम्मेवारीमा रहेका बैंक तथा वित्तीय संस्था नियमन विभागका डा. गुणाकर भट्टलाई भुक्तानी प्रणाली विभागको जिम्मा दिइएको छ।

    राष्ट्र बैंकमा प्रभावशाली मानिने नियमन विभागमा भुक्तानी प्रणाली विभागका गुरुप्रसाद पौडेलको सरुवा भएको छ। वित्त व्यवस्थापन विभागमा रहेका मुकुन्द क्षेत्रीको जनशक्ति व्यवस्थापन विभागमा सरुवा गरिएको छ।

    विदेशी विनिमय व्यवस्थापन विभागको प्रमुख रहेका रामु पौडेललाई वित्त व्यवस्थापन विभागमा सरुवा गरिएको छ। विदेशी विनिमय व्यवस्थापन विभागको जिम्मेवारी तुलसी घिमिरेलाई दिइएको छ।

    आगामी आइतबारदेखि लागु हुनेगरी गभर्नर अधिकारीले विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेका हुन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend