२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

कारागारबाट छुटेकै दिन ६० वर्षीया वृद्धाको हत्या


सञ्चार डबली
  • सोमबार, मंसिर १८ २०८०
  • 7.4K
    SHARES

  • images
    कारागारबाट छुटेकै दिन ६० वर्षीया वृद्धाको हत्या

    काठमाडौं, १८ संसिर । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा कारागारबाट छुटेकै दिन एक वृद्धाको हत्या गरिएको छ।

    जिल्ला प्रहरी कार्यालय धादिङले त्रिपुरासुन्दरी गाउँपालिका–६ गोलाङका ४० वर्षीय शिवबहादुर बस्याललाई वृद्धाको हत्या अभियोगमा १५ मंसिरमा पक्राउ गरेकोमा आज सार्वजनिक गरेको हो।

    उनले कारबारबाट छुटेकै दिन त्रिपुरासुन्दरी गाउँपालिका-६ गोलाङकी ६२ वर्षीया वृद्धा मनकुमारी सार्कीको हत्या गरेको प्रहरीले जनाएको छ।

    चोरीको मुद्दामा २० महिना कैद सजाय भोगी कारागार कार्यालय धादिङबाट उनी छुटेकी थिइन्।

    मृतकको अनुहार कोतरिएको, घाँटीमा निलडाम देखिएको, घटनास्थलमा चुराका टुक्रा र पोतेका दानाहरू छरपष्ट भएको अवस्थमा मंसिर १४ गते राति आफ्नै घरमा उनको शव भेटिएपछि सूक्ष्म अनुसन्धानबाट मनकुमारीको घाँटी थिची हत्या गरिएको खुलेको प्रहरीको भनाइ छ। 

    हत्यामा संलग्न बस्यालसँगै सोही स्थानका ५४ वर्षीय टोपबहादुर सार्की र ४० वर्षीय सुनील नेपाली पनि पक्राउ परेका छन्। आर्थिक प्रलोभन देखाई बस्यालमार्फत वृद्धाको हत्या गरेको अभियोगमा दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend