२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

धारिलो हतियार प्रयोग गरी धादिङमा श्रीमतीको हत्या


सञ्चार डबली
  • सोमबार, मंसिर १८ २०८०
  • 6.6K
    SHARES

  • images
    धारिलो हतियार प्रयोग गरी धादिङमा श्रीमतीको हत्या

    धादिङ, १८ मंसिर । धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या अभियोगमा प्रहरीले धादिङको धुनीबेँसी नगरपालिका–४ जीवनपुरका २७ वर्षीय रामचन्द्र बयलकोटीलाई पक्राउ गरेको छ।

    धुनीबेँसी नगरपालिका–१ डुम्रेचौरस्थित आफ्नै २० वर्षीया श्रीमती पवित्रा बयलकोटीलाई धारिलो हतियार प्रयोग गरी मंसिर १७ गते बयलकोटीले हत्या गरेका थिए। हत्या गरी फरार रहेका बयलकोटीलाई १७ गते राति नै पक्राउ गरिएको प्रहरीको भनाइ छ।

    घोप्टो अवस्थामा रहेकी मृतक पवित्राको शव घाँटीलगायत शरीरका विभिन्न भागमा चोटपटक र रग्ताम्मे अवस्थामा भेटिएको थियो। बयलकोटी र मृतक पवित्राबीच करिब ६ वर्षअघि विवाह भएको थियो। 

    विवाहपश्चात् लामो समय वैदेशिक रोजगारीमा रहेका बयलकोटी दम्पतीबीच त्यति वेलैदेखि मनमुटाव रहेको प्रारम्भिक अध्ययनबाट खुलेको छ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend