२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

भारतीय वायुसेनाको विमान दुर्घटना, दुई पाइलटको मृत्यु


सञ्चार डबली
  • सोमबार, मंसिर १८ २०८०
  • 10.2K
    SHARES

  • images
    भारतीय वायुसेनाको विमान दुर्घटना, दुई पाइलटको मृत्यु


    काठमाडौं । भारतीय वायुसेनाको एक ट्रेनर विमान तेलगंनामा दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ । यो जानकारी भारतीय वायुसेनाले नै दिएको हो । भारतीय वायुसेनाका अधिकारीहरूका अनुसार आज बिहान ८ः५५ बजे पिलाटस प्रशिक्षण विमान तेलंगानाको डिन्डिगुलस्थित वायुसेना एकेडेमीमा दुर्घटनामा परेको थियो। उक्त विमान दुर्घटनामा वायुसेनाका दुई पाइलटको मृत्यु भएको छ ।

    विमान दुर्घटनामा ज्यान गुमाउने दुई पाइलटमध्ये एक प्रशिक्षक र अर्का एक वायुसेना क्याडेट रहेको अधिकारीहरूले बताएका छन् । पिलाटस पीसी ७ एमके २ विमान बिहान वायुसेना एकेडेमीबाट नियमित प्रशिक्षणका लागि प्रस्थान गरेको थियो तर बाटोमा दुर्घटना भएको थियो । विमानमा सवार दुवै पाइलटको घटनास्थलमै मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । उनीहरु बाहेक अरु कसैको ज्यान गएको छैन न त कुनै किसिमको भौतिक क्षति भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend