२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

एकीकृत समाजवादीको सचिवालय बैठक, महाधिवेसनको मिति सार्ने प्रस्ताव


सञ्चार डबली
  • सोमबार, मंसिर १८ २०८०
  • 8.4K
    SHARES

  • images
    एकीकृत समाजवादीको सचिवालय बैठक, महाधिवेसनको मिति सार्ने प्रस्ताव


    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को यसअघि तोकिएको महाधिवेसन सर्ने भएको छ । पार्टी कार्यालय आलोकनगरमा जारी बैठकमा तयारी नपुगेको तथा राष्ट्रियसभा निर्वाचनको कारण देखाउँदै यसअघि तय भएको महाधिवेसन सार्ने भएको हो ।

    जसका लागि बैठक बिहान ११ बजे बोलाइएको प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिएका थिए ।

    नेकपा एसको गत भदौ ५, ६ र ७ गते ललितपुरमा बसेको केन्द्रीय कमिटीको बैठकले माघ १४–१८ गते महाधिवेशन गर्ने निर्णय लिएको थियो । तर, जारी बैठकमा अध्यक्ष माधवकुमार नेपालले महाधिवेसनको मिति सार्ने प्रस्ताव पेश गर्ने बुझिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend