२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

एमालेको संकल्प यात्राको आज पाँचौ दिन, सुर्खेतमा आमसभा गर्दै


सञ्चार डबली
  • सोमबार, मंसिर १८ २०८०
  • 9.0K
    SHARES

  • images
    एमालेको संकल्प यात्राको आज पाँचौ दिन, सुर्खेतमा आमसभा गर्दै


    काठमाडौं । नेकपा एमालेले आफ्नो संकल्प यात्राको पाँचौ दिन आज सुर्खेतको विरेन्द्रनगरमा आमसभा गर्दै छ। आजको यात्रा दैलेखबाट सुर्खेतको वीरेन्द्रनगरसम्म हुने एमालेले जनाएको छ । आजको यात्रा ७१ किलोमिटरको हुने छ। हिजो अछामको मंगलसेनदेखि दैलेख बजारसम्म एमाले टोलीले १ सय ५४ किलोमिटरको यात्रा तय गरेको थियो।

    दैलेख बजारमा स्थानीय नेता, कार्यकर्ता तथा एमालेका शुभेच्छुकहरुसँग नेतृत्वले सामुहिक भेटघाट गर्ने छ। एमाले टोलीले दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन स्थलको अवलोकन गर्ने कार्यतालिका बनाएको छ।

    यसैगरी अध्यक्ष केपी शर्मा ओलीले दैलेखको गुराँस गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्ने कार्यक्रम छ। विहान खाना दैलेखमा खाएपछि टोली सुर्खेत हिड्ने छ।सुर्खेतको वीरेन्द्रनगरमा दिउसो ३ बजे हुने आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने बताइएको छ।

    एमाले सुर्खेतका प्रचार तथा प्रकाशन विभाग प्रमुख गंगाराम तिमिल्सेनाका अनुसार अध्यक्ष ओलीले बेलुका ५ बजे सिद्धार्थ होटलमा उद्योगी, व्यापारी र बुद्धिजीवीसँग भेटघाट गर्ने कार्यतालिका छ। सोही होटलमा बेलुका साढे ६ बजे पार्टी कार्यकर्ता र वीरेन्द्रनगरको कार्यपालिकाको टोलीसँग भेट गर्ने कार्यक्रम तय भएको तिमिल्सेनाले जानकारी दिए। वीरेन्द्रनगरमा हुने जनसभालगायतका सबै कार्यक्रमको तयारी पूरा भएको एमाले सुर्खेतले जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend