२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

इन्डोनेसियाको मारापी हिमालमा ज्वालामुखी विस्फोट, ११ आरोहीको मृत्यु


सञ्चार डबली
  • सोमबार, मंसिर १८ २०८०
  • 10.6K
    SHARES

  • images
    इन्डोनेसियाको मारापी हिमालमा ज्वालामुखी विस्फोट, ११ आरोहीको मृत्यु


    काठमाडौं । इन्डोनेसियाको माउण्ट मारापीमा ज्वालामुखी विष्फोट भएपछि ११ पर्वतारोहीको मृत्यु भएको छ भने, १२ जना आरोही बेपत्ता भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार आइतबार पश्चिम सुमात्रामा ज्वालामुखी विस्फोट हुँदा ७ हजार ५ सय व्यक्ति यस क्षेत्रमा रहेकोमा २६ जनालाई बाहिर निकालिएको थिएन ।

    ‘त्यहाँ २६ जना छन् जसलाई बाहिर निकालिएको छैन, हामीले तीमध्ये १४ जनालाई फेला पारेका छौं, तीन जीवित र ११ मृत फेला परेका छन्,’ पडाङ खोज र उद्धार एजेन्सीका प्रमुख अब्दुल मलिकले भनेका छन् ।

    सोमबार सोही क्षेत्रमा एक सानो ज्वालामुखी विष्फोट भएपछि उद्धारकर्मीहरूलाईे कार्य कठिनाई भएको र उद्दार कार्य केही समयलाई स्थगित गर्न बाध्य भएको खोज उद्दार एजेन्सीका प्रमुख अब्दुलले बताएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । माउन्ट मारापी ज्वालामुखीको खतरा रहेको इन्डोनेसियाको चार–चरण चेतावनी दिइएको स्केल क्षेत्रमध्ये दोस्रो चेतावनी स्तरमा रहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend