२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु, दुईजना घाइते


सञ्चार डबली
  • सोमबार, मंसिर १८ २०८०
  • 7.9K
    SHARES

  • images
    मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु, दुईजना घाइते


    काठमाडौं । झापाको मेचीनगर नगरपालिका–१३ मा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार आइतबार राति भएको उक्त दुर्घटनामा दुईजना घाइते भएका छन् । मेचीनगर–१३ फुलवासा पुलमा प्रदेश १–०१–०१६ प ७६४९ र प्रदेश १–०३–००१ प २६५३ नम्वरको मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किएका थिए ।

    दुर्घटनापछि मोटरसाइकलमा सवार तीनजना घाइते भएका थिए । बिर्तामोडको बी एण्ड सी अस्पतालमा उपचारका क्रममा झापा गाउँपालिका ३ का २० वर्षीय मनिष बास्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा घाइते भएका २० वर्षीय सौरभ बास्कोटाको बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते २४ वर्षीय सुमन पौडेलको मनकामना अस्पताल चारआलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend