२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

गोरखामा हिड्दै गर्दा लडेर एक जनाको ज्यान गयो


सञ्चार डबली
  • आइतबार, मंसिर १७ २०८०
  • 37.6K
    SHARES

  • images
    गोरखामा हिड्दै गर्दा लडेर एक जनाको ज्यान गयो

    गोरखा १७ मङ्सिर । गोरखामा गोरेटो बाटोमा हिड्दै गरेका पुरुष लडेर ज्यान गएको छ । पालुङटार नगरपालिका–३ आँपपिपल पाथीभरा बस्ने ५९ बर्षिय कृष्णबहादुर अधिकारीको हिड्दै गर्दा लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    अधिकारी शुक्रबार साँझ ७ बजेतिर गोरेटो बाटो हिड्ने क्रममा लडेर तल रहेको सडकको नालीमा बजारिएको र उनको घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी रबिन्द्र अधिकारीले बताउनुभयो । अधिकारी हिडेको बाटोबाट ७ मिटर तल रहेको सडकको नालीमा बजारिन पुग्नु भएको थियो ।

    नालीमा बजारिएका अधिकारीको टाउको तथा शरिरको विभिन्न भागका चोट देखिएको पनि प्रनि अधिकारीले जानकारी दिनुभयो । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीको टोली पुगेको थियो ।

    अधिकारी शव शनिबार नै आँपपिपल अस्पतालमा पोष्टमार्टम गरेर उनका आफन्तलाई बुझाइएको पनि र घटनाका सम्वन्धमा अनुसन्धान सुरु गरेको गोरखा प्रहरी जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend