गोरखा १७ मङ्सिर । स्थानियलाई अभद्र ब्यवहार गरेको आरोपमा प्रहरीले सौरपानी बेलबोटका एक जना पुरुषलाई नियन्त्रणमा लिएको छ । सिरानचोक गाउँपालिका–८ सौरपानी निवासी ३५ बर्षिय सिताराम नेपालीले स्थानिय महिलालाई अभद्र ब्यवहार गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक रबिन्द्र अधिकारीले जानकारी दिनुभयो ।
उहाँका उनका अनुसार नेपालीले मादक पदार्थ सेवन गरी गोपालडाँडाको सार्वजनिक स्थानमा फिनामटारकी ५२ बर्षकी एक महिलालाई गाली गलौच तथा धाक–धम्की दिदै अभद्र ब्यवहार गरेको र गाउँघरमा समेत हो–हल्लाह गरेको भन्दै प्रहरीले मंसिर १३ गते बुधबार पक्राउ गरेको हो । पक्राउ परेका सितारामले ११गते सोमबार दिउसो ४ः३० बजे उक्त कार्य गरेका थिए ।
स्थानियहरुले उनका बिरुद्व उजुरी दिएपछि प्रहरीले पक्राउ गरी गएको बिहीबार अभद्र ब्यवहार कसूर शिर्षकमा मुद्वा दर्ता गरी जिल्ला प्रशासन कार्यालयकाट अनुसन्धानका लागि म्याद थप गरेको पनि प्रनि अधिकारीले जानकारी दिनुभयो । नेपालीलाई अहिले प्रहरी हिरासतमा राखेर अनुसन्धान भई रहेको उहाँले बताउनुभयो ।


