२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ


सञ्चार डबली
  • आइतबार, मंसिर १७ २०८०
  • 6.9K
    SHARES

  • images
    जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ

    ललितपुर, १७ मंशिर । ललितपुरमा १५ जना जुवाडे पक्राउ परेका छन् । 

    कोन्ज्योसोम गाउँपालिका–१ तिमलडाँडा बस्ने श्‍याम तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा सोही गाउँपालिका–१ बस्ने २३ वर्षीय सोमराज घ्यावासमेत १५ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

    ललितपुर प्रहरीका अनुसार श्यामको घरमा जुवा खेलिरहेको सूचनाको आधारमा बृत्त चापागाँउबाट खटिएको प्रहरीले उनीहरुलाई १ लाख ७३ हजार १ सय १० रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend