२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

राष्ट्रियसभा निर्वाचनः पुस २३ गते उम्मेदवारी दर्ता गराइने


सञ्चार डबली
  • आइतबार, मंसिर १७ २०८०
  • 8.4K
    SHARES

  • images
    राष्ट्रियसभा निर्वाचनः पुस २३ गते उम्मेदवारी दर्ता गराइने


    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ता गराउने भएको छ । आयोगले माघ ११ गते हुन गइरहेको निर्वाचन कार्यक्रम स्वीकृत गर्दै पुस २३ गतेका लागि उम्मेदवारी दर्ताको समयसिमा जानकारी गराएको हो ।

    आयोगका आगामी पुष २० गते निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रियसभा निर्वाचनका लागि मतदाता नामावली प्रकाशित गर्नेछ ।प्रकाशित मतदाता नामावली प्रकाशित भए लगत्तै दाबी विरोधको गर्न पाउनु जनाउँदै आयोगले पुस २२ गते अन्तिम मतदाता नामावलीसमेत प्रकाशन गर्ने जनाएको छ ।

    आयोगका सहायक प्रवक्ता एवं उपसचिव सूर्यप्रसाद अर्यालका अनुसार पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता बिहान १० बजेदेखि दिउँसो तीन बजे सम्मको समयसिमा भित्र गरिनेछ । उम्मेदवार मनोनयन दर्तामाथी दाबी बिरोध पुस २४ गते गर्न पाइनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend