२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

पावरब्यांक पड्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थभित्र आगलागी


सञ्चार डबली
  • आइतबार, मंसिर १७ २०८०
  • 9.3K
    SHARES

  • images
    पावरब्यांक पड्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थभित्र आगलागी


    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुले बोकेको ह्याण्डब्यागमा पावरब्यांक पड्किएर आगो लागेको छ । बिहान साढे ११ बजेको उडानमार्फत ति यात्रु चीन जान लागेका थिए ।

    विमानस्थलमा बोर्डिङ पास लिएर विमानमा चढ्ने प्रतिक्षामा रहेका चिनियाँ यात्रुले झोलामा राखेको पावरब्यांकमा चाज गरेरै आइप्याड चलाइरहेको बेला पावरब्यांक पड्किएर झोलामा आगो लागेको थियो ।

    एयर चाइनाको जहाजबाट चीन जान लागेका यात्रुले बोकेको ह्याण्डब्यागमा आगो लागेपछि गागो तत्काल निभाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष साहले जानकारी दिए ।

    उनका अनुसार ती यात्रुले ब्यागभित्र रहेको पावरब्यांकमा जोडेर आइप्याड चलाइरहेका थिए । सो घटनापछि ड्युटीमा रहेका प्रहरी र विमानस्थलका कर्मचारीहरुले तत्काल आगो नियन्त्रणमा लिएका थिए । ती यात्रु र विमानस्थलमा कुनै क्षति भएको छैन् । अवस्था सामान्य रहेको छ ।विमानमा चढ्दा पावरब्यांक लगेजमा राख्न दिइँदैन । ह्याण्ड ब्यागमा राख्न भने पाइन्छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend