२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

१४ घण्टासम्म खुलेन कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड


सञ्चार डबली
  • आइतबार, मंसिर १७ २०८०
  • 8.2K
    SHARES

  • images
    १४ घण्टासम्म खुलेन कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड


    काठमाडौं । एकै स्थानमा चार सवारी साधन दुर्घटना भएपछि अवरुद्ध भएको कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड अझै खुल्न सकेको छैन् ।राजमार्गको धरान–धनकुटा सडक खण्डस्थित साँगुरीगढी गाउँपालिका–६, कोलबोटे भन्ने स्थानमा गए राति चारवटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटनामा परेको थिए ।

    एकै ठाँउमा चार वटा सवारी साधन दुर्घटना भएपछि अवरुद्ध बनेको सडकखण्ड खुलाउन क्रेनको सहायता लिइरहेको प्रहरीले जनाएको छ । सुरुमा दुर्घटनाग्रस्त टिपरलाई पन्छाएर बाटो खुला गर्न नसक्ने भएपछि अर्को क्रेन ल्याउँदा बाटो खुलाउन ढिलाई भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ ।

    शनिबार दिउँसो भेडेटारबाट धनकुटा आउँदै गरेको एउटा टिपर दुर्घटनामा परेको थियो । सोहि टिपरमा साँझ अर्को टिपरले ठक्कर दिएर दुर्घटना भयो । त्यसपछि लगातार अघिल्ला दुर्घटनामा परेको टिपर मै ठोक्किएर अर्को सवारी दुर्घटनाग्रस्त भएको हो । एकपछि अर्को सवारी दुर्घटना भएसँगै सो सडकखण्ड पूर्ण रुपमा अवरुद्ध हुन पुगेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend