२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

दुबई गएका प्रधानमन्त्री दाहाल आज साँझ फर्कर्दै


सञ्चार डबली
  • आइतबार, मंसिर १७ २०८०
  • 8.2K
    SHARES

  • images
    दुबई गएका प्रधानमन्त्री दाहाल आज साँझ फर्कर्दै


    काठमाडौं । जलवायु परिवर्तनको सम्मेलनमा सहभागी हुन दुबई गएका प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फकिँदै छन् ।प्रधानमन्त्री दाहाल जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा सहभागि हुन मंसिर १३ गते दुबई गएका थिए ।

    कोप २८ मा प्रधानमन्त्री प्रचण्डले विश्वव्यापी कार्वन उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष र हानिकारक असर भोगिरहेको बताएका थिए ।

    शनिबार पर्वतीय देशहरुको एजेण्डा उठाउन आयोजित उच्च स्तरीय कार्यक्रममा अध्यक्षता गर्दै ‘हिमालको पुकारः जलवायु संकटबाट हामीलाई कसले बचाउने छ ?’ भन्ने विषयको छलफललाई सम्बोधन गर्दै जलवायु परिवर्तनमा नेपालको नगन्य योगदान हुँदा पनि असर भने धेरै भोग्नुपरेको भनेर महासभाको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्री प्रचण्डले सम्मेलनका क्रममो द्वीपक्षीय राजनीतिक र उच्च स्तरीय भेटवार्ताहरु पनि गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend