२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

गण्डकी गाउँपालिकाले चौथो रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने


सञ्चार डबली
  • शनिबार, मंसिर १६ २०८०
  • 10.7K
    SHARES

  • images
    गण्डकी गाउँपालिकाले चौथो रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने

    २०८० मंसिर १६, 
    गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले चौथो रनिङ शिल्ड प्रतियोगिता यही मंसिर २१ देखि २३ गतेसम्म आयोजना गर्ने भएको छ । प्रतियोगिताको वडा नं ७ घ्याल्चोक स्थित गाउँपालिकाको नमुना बिद्यालय श्री ज्ञानमार्ग मा.वि ले आयोजना गर्ने गाउँपालिकाले जनाएको छ ।

    प्रतियोगितामा गाउँपालिका भरिका विभिन्न ११ माध्यमिक बिद्यालयहरुले विभिन्न १५ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् । अघिल्लो वर्ष वडा नं ५ दर्बुङमा आयोजना भएको उक्त प्रतियोगिताको तेस्रो संस्करण वडा नं ८ स्थित सुर्योदय मा.वि.ले जितेको थियो । उक्त बिद्यालयले लगातार तिन संस्करण समेत जित्दै रनिङ शिल्डमा उत्कृष्ट प्रदर्शन गर्दै आएकाले यस वर्षको रनिङ शिल्ड थप रोमाञ्चक हुने प्रक्षेपण गरिएको छ ।

    गाउँपालिका कार्यापालिकाले यस वर्ष रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन सहित धेरै पदक ल्याउने एक छात्र तथा एक छात्रालाई एक लाख रुपैयाको छात्रवृत्ती प्रदान गर्ने भएको छ । जुनसुकै प्राविधिक तथा अप्राविधिक विषयमा उच्च शिक्षा अध्ययनमा प्रोत्साहनका लागि वार्षिक एक लाख रुपैयासम्मको छात्रवृत्ति प्रदान गर्ने गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटीले जानकारी दिए ।

    यस छात्रवृत्तिबाट खेल कौशलमा उत्कृष्ट प्रदर्शन गर्ने बिद्यार्थीहरुलाई थप उर्जा मिल्ने गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने बिद्यार्थीहरुलाई जिल्ला तथा प्रदेशमा समेत प्रतिनिधित्व गर्दै खेल्ने अवसर प्राप्त हुने हुदाँ सम्पूर्ण विध्यार्थीहरुलाई सजग, अनुशासित तथा उत्कृष्ट खेल प्रदर्शन गर्न समेत गाउँपालिकाले आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend