२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नेपाल–भारतका सुरक्षा अधिकारी बैठक: सीमा क्षेत्रमा अवैध गतिविधि रोक्ने प्रतिबद्धता


सञ्चार डबली
  • शनिबार, मंसिर १६ २०८०
  • 6.9K
    SHARES

  • images
    नेपाल–भारतका सुरक्षा अधिकारी बैठक: सीमा क्षेत्रमा अवैध गतिविधि रोक्ने प्रतिबद्धता

    जनकपुरधाम । नेपाल तथा भारतका सुरक्षा अधिकारीहरूको संयुक्त बैठक जनकपुरधाममा सम्पन्न भएको छ ।

    भारतको मधुवनी जिल्ला र सोसँग सीमा जोडिएका मधेस प्रदेशका चार जिल्लाका सुरक्षा अधिकारीको सहभागितामा भएको बैठकले द्विपक्षीय हकहितका लागि दुई देशका सुरक्षा चासोबारे सहकार्य गरेर अगाडि बढ्ने समझदारी भएको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपणि पाण्डेले जानकारी दिए । 

    आगामी पुस १ गते जनकपुरमा हुने विवाह पञ्चमी मेलामा आउने तीर्थालुको सहजीकरण, सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप र सुरक्षा चुनौती,  मदिरा, हातहतियार ओसारपसार नियन्त्रण, दशगजा क्षेत्रमा अवैधरूपमा बनाइएका संरचना हटाउनेलगायत विषयमा एकअर्कालाई सहयोग गरेर अगाडि बढ्ने निर्णय भएको पाण्डेले बताए । 

     नेपालका सबै नाका सवारी आवागमनका लागि खुला नरहेको अवस्थामा दुई देशका जनताबीच रहेको रोटीबेटीको सम्बन्ध, विवाह व्रतबन्धलगायत सामाजिक गतिविधिमा सहजीकरण गर्न दुवै पक्ष सहमत भएका छन् । 

    त्यसैगरी, नेपाली भूमितर्फको दशगजामा रहेका सीमास्तम्भको मर्मत तथा पुनःनिर्माण सुरु गरिसकेकाले भारतीय पक्षले चाँडै आफ्नो भागका सीमास्तम्भ मर्मत गर्नुपर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो । 

    नेपाल–भारतका सुरक्षा अधिकारीहरुबीच हरेक चार–चार महिनामा संयुक्त बैठक हुने गरेको छ भने सीमासँग जोडिएका जिल्लाका सुरक्षा निकायका प्रतिनिधिबीच हरेक एक–एक महिनामा बैठक बस्ने गरेको छ । बैठकमा सप्तरी, सिरहा, धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारी तथा भारतको मधुवनी जिल्लाका प्रमुख अरविन्द कुमारलगायत दुवै देशका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend