२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

स्कूल बसले ठक्कर दिँदा दुइ मोटरसाइकल यात्रीको मृत्यु


सञ्चार डबली
  • शनिबार, मंसिर १६ २०८०
  • 8.4K
    SHARES

  • images
    स्कूल बसले ठक्कर दिँदा दुइ मोटरसाइकल यात्रीको मृत्यु


    काठमाडौं । स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । शनिबार बिहान ९ बजेतिर लुम्बिनी सांस्कृतिक नगरपालिका– ४ महुबारी लुम्बिनी ककरहवा सडक खण्डमा गैंडहवा गाउँपालिका सुर्यपुरा स्थित सिद्धार्थ बोर्डिंङ स्कुलको लु१क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुईजनाको मृत्यु भएको हो ।

    बसको ठक्करबाट मोटरसाइकलमा सवारहरुको मृत्यु भएपछि आक्रोशित स्थानीयले स्कुल बसमा आगो लगाएका छन् भने शवलाई सडकमै राखेर प्रदर्शन गरिरहेका छन् । घटनामा मोटरसाइकलमा सवार लुम्बिनी सांस्कृतीक नगरपालिका वडा नं ४ का २१ बर्षिय मोहम्मद इरसाद र १६ बर्षीया रुविना खातुनको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार सोही ठाउँकै १७ वर्षीया अप्सना खातुन गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

    उनको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।घटनापछि बस चालक भने फरार रहेको र उनको खोजीकार्य भैरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend