२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आज मलेसिया जाँदै रास्वपाका सभापति रवि लामिछाने


सञ्चार डबली
  • शनिबार, मंसिर १६ २०८०
  • 9.1K
    SHARES

  • images
    आज मलेसिया जाँदै रास्वपाका सभापति रवि लामिछाने


    काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मलेसिया प्रस्थान गर्दै छन्। लामिछाने राति पौने १० बजे मलेसिया प्रस्थान गर्ने पार्टीकी सह–प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्। भ्रमणका क्रममा उनले नेपाली शुभेच्छुक र समर्थकहरुसँग भेटघाट गर्ने र धन्यवाद दिने कार्यक्रम रहेको रावलले बताइन्।

    सभापति लामिछाने मलेसियाबाट मंसिर १९ गते स्वदेश फर्किनेछन्। स्वदेश फर्किएको भोलीपल्टै फेरि उनी कतार जाने कार्यक्रम सह–प्रवक्ता रावलले बताइन्। उनी कतारबाटै बेलायत जानेछन्। सभापति लामिछाने मंसिर २९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

    सभापति लामिछाने विदेश भ्रमणमा जाने भएपछि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उप–सभापति डोलप्रसाद अर्याललाई दिइएको छ।भ्रमणमा सभापति लामिछानेसँगै सह–महामन्त्री कविन्द्र बुर्लाकाटी र सह–कोषाध्यक्ष दीपक बोहरा पनि सहभागी हुनेछन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend