२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर र बालकृष्णलाई थुनामै राख्ने, दश जना छुट्ने (आदेशको पूर्णपाठ)


सञ्चार डबली
  • शुक्रबार, मंसिर १५ २०८०
  • 9.3K
    SHARES

  • images
    नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर र बालकृष्णलाई थुनामै राख्ने, दश जना छुट्ने (आदेशको पूर्णपाठ)

    नक्कली भुटानी शरणर्थी प्रकरणमा पाटन उच्च अदालतका न्यायाधीश जनक पाण्डेको इजलासमा भएको सुनुवाइपछि शुक्रबार आदेश जारी भएको छ। 

    यो प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण धरौटीमा रिहा गर्ने वा नगर्ने भन्ने विषयमा न्यायाधीशबीच नै राय बाझिएको छ। यो विवाद अब तेस्रो न्यायाधीशसमक्ष प्रस्तुत हुनेछ।

    त्यस्तै, नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायतलाई थुनामै राख्ने आदेश अदालतले दिएको छ। सानु भण्डारी , आङटावा शेर्पा, डा।ईन्द्रजित राई , सन्देश शर्मा , गोविन्द चौधरी, केशब प्रसाद दुलाल, टोप बहादुर रायमाझी र सागर राईलाई पनि थुनामै राख्ने आदेश भएको छ।

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन खोजेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरूले थुनामुक्त हुन माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएका थिए। जसमा यही मंसिर ५ गतेदेखि निरन्तर सुनुवाइ भइरहेको थियो। 

    ठगी, किर्ते, संगठित अपराध र राज्यविरुद्धको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौँले ३० जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा पेस गरेको थियो। जसमा १० जना फरार छन्।

    यस्तो छ आदेश:

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend