२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

बाजुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु


सञ्चार डबली
  • शुक्रबार, मंसिर १५ २०८०
  • 6.3K
    SHARES

  • images
    बाजुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

    बाजुराको पूर्वी-उत्तरी भेगको कर्णाली करिडोरको धुलाचौर नजिकै जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। 

    मृत्यु हुनेमा मुगु जिल्लाको खत्याड गाउँपालिका–९ का अन्दाजी २८ वर्षीय मदन सार्की रहेका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिं ऐरीले जानकारी दिए। हिमाली गाउँपालिकाबाट कोल्टी आउँदै गरेको लु१ज ४८२९ नम्बरको बोलेरो जीप धुलाचौर बजार नजिकै बिहीबार दिउँसो दुर्घटनामा परेको हो। 

    दुर्घटनामा गौमुल गाउँपालिका–३ का अन्दाजी १९ वर्षीय वसन्त धामी घाइते भएका प्रहरी निरीक्षक ऐरीले बताए । सो जीपमा चालकसहित चार जना सवार थिए। 

    जीपका चालक र अर्का एक यात्रु भने सकुशल रहेका प्रहरीले जनाएको छ । जीपचालक खत्याड –९ का दलबहादुर लावणलाई प्रहरीको नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend