२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

विपिन जोसिको अविलम्ब विना सर्त रिहाई गरियोस् :अन्तर्राष्ट्रिय सम्बन्ध समिति


सञ्चार डबली
  • बिहीबार , मंसिर १४ २०८०
  • 9.1K
    SHARES

  • images
    विपिन जोसिको अविलम्ब विना सर्त रिहाई गरियोस् :अन्तर्राष्ट्रिय सम्बन्ध समिति

    काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले विपिन जोशीको विना सर्त अविलम्ब रिहाइका लागि हमास लगायत अन्तर्राष्ट्रिय सरोकारवाला समुदायलाई आग्रह गरेको छ । बिहीबार बसेको समितिको बैठकले विना सर्त विपिनको रिहाइको लागि विज्ञप्तिमार्फत आग्रह गर्ने निणर्य गरेको सभापति राजकिशोर यादवले बताए ।

    उनले भने, ‘विपिन जोशीको विना शर्त अविलम्ब रिहाइका लागि हमास लगायत अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गरेका छौँ । नेपाल कुनै पनि पक्षधरता देश नरहेको र हामी जहिले पनि शान्तिको वकालत गर्ने भएकाले हाम्रो नागरिकलाई कुनै पनि कारणविना यसरी बन्धक बनाइनुहुँदैन भन्ने हाम्रो मान्यता हो ।’

    त्यस्तै समितिको आगामी ६ महिनाको लागि समितिको भावि कार्ययोजना र कार्य प्राथमिकिकरण बनाउन कार्यदल गठन गरेको छ । समिति सभापति यादवको संयोजकत्वमा गठित नौ सदस्यीय कार्यलदले समितिको आगामी कार्य योजना निर्माण र प्राथमिकिकरण गर्ने यादवले जनाकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend