२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

निजी क्षेत्रको महत्वलाई संविधानले प्राथमिकताका साथ उल्लेख गरेको छ : सभामुख घिमिरे


सञ्चार डबली
  • बिहीबार , मंसिर १४ २०८०
  • 7.9K
    SHARES

  • images
    निजी क्षेत्रको महत्वलाई संविधानले प्राथमिकताका साथ उल्लेख गरेको छ : सभामुख घिमिरे

     

    काठमाडौं । निजी क्षेत्र मुलुकको आर्थिक विकासको खम्बाका रुपमा रहेको सभामुख देवराज घिमिरेले बताएका छन् । नवौं अन्तर्राष्ट्रिय व्यापार मेला २०८० को उ्द्घाटन समारोहमा बोल्दै उनले संविधानले निजी क्षेत्रलाई मुलुकको आर्थिक विकासको खम्बाकै रुपमा लिएको जिकिर गरेका छन् ।

    ‘उनले भने, ‘निजी क्षेत्रको महत्वलाई संविधानले प्राथमिकताका साथ उल्लेख गरेको छ । सार्वजनिक, निजी र सहकारीहरुको सहभागिता र स्वतन्त्र विकास मार्फत् राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ गर्ने नीति लिएको छ । अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई महत्व दिँदै उपलब्ध स्रोत साधन अधिक्तम परिचालन गरी समृद्धि हासिल गर्ने सोच छ ।’

    काठमाडौंमा मात्रै होइन सातै प्रदेशमा यस्ता प्रदर्शनीकक्षहरु निर्माण गर्न र व्यवस्थित तरिकाले प्रदर्शनको योजना बनाउने कुरामा संसदको तर्फबाट, सभामुखको तर्फबाट खेल्नु पर्ने भूमिकाको लागि आफूले प्रयत्न गर्ने घिमिरेले बताए ।

    देशको कमजोर अर्थतन्त्रको पछाडि स्थायित्व नहुनु कारक रहेको भन्दै उनले भौतक पूर्वाधारको विकास कम हुनु, लगानीमैत्री वातावरणको कमी हुनु, करका दरको अनिश्चितता जस्ता कुराहरुले निजी क्षेत्रलाई लगानीको लागि प्रोत्साहन गर्न नसकिरहेको उल्लेख गरे ।

    ‘यस्ता समस्या हटाउन राजनीतिक प्रतिवद्धता सहितको लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्छ । निजीक्षेत्रले स्वतन्त्र रुपमा काम गर्न पाउने हो भने आर्थिक विकास, रोजगारी सिर्जना र लगानी आकर्षित हुन्छ र मुलुक समृद्ध हुन सक्छ’ सभामुख घिमिरेले भने ।

    आर्थिक मन्दी रहेको, व्यावसायिक वातावरण नरहेको जस्ता हल्ला र प्रचार गरी मुलुकको अर्थतन्त्र कमजोर बनाउनुभन्दा पनि सरकार र निजी क्षेत्र बीचको समन्वयको जगमा औद्योगिक वातावरण बनाउन लाग्नुपर्नेमा उनले जोड दिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend