२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

दुबई पुगे प्रधानमन्त्री दाहाल, यस्ता छन् आजका कार्यक्रम


सञ्चार डबली
  • बिहीबार , मंसिर १४ २०८०
  • 7.2K
    SHARES

  • images
    दुबई पुगे प्रधानमन्त्री दाहाल, यस्ता छन् आजका कार्यक्रम


    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन दुबई पुगेका छन् । उनले आज दुबईमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    बुधबार राती नेपालबाट त्यसतर्फ प्रतिनिधिमण्डलसहित प्रस्थान गरेका दाहाल स्थानीय समय अनुसार राति करिब १ः३० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । उनलाई विमानस्थलमा नेपाली राजदूत तेजबहादुर क्षेत्री र नेपालका लागि युएईका राजदूत अब्दुल्ला एम साम्सीलगायतले स्वागत गरेको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री प्रचण्डले आज राजधानी आबुधाबीमा रहेको नेपाली दुतावासको अवलोकन गर्नेछन् । साथै नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम पनि रहेको सचिवालयले जनाएको छ । उनले साँझ नेपाल उद्योग वाणिज्य महासंघ दुबई चेम्बरले उनको सम्मानमा आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

    कोप–२८ मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म दुबईमा हुँदैछ । प्रधानमन्त्री प्रचण्डले डिसेम्बर १ देखि २ सम्म आयोजना हुने ‘कोप २८–विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको छ । उनले डिसेम्बर २ तारिखमा उच्चस्तरीय सत्रमा राष्ट्रिय वक्तव्य सभामा प्रस्तुत गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend