२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

भूकम्पले गरेको क्षतिमा पुनर्निर्माणका लागि ठूलो धनराशि आवश्यक छ : अर्थमन्त्री महत 


सञ्चार डबली
  • बुधबार, मंसिर १३ २०८०
  • 8.4K
    SHARES

  • images
    भूकम्पले गरेको क्षतिमा पुनर्निर्माणका लागि ठूलो धनराशि आवश्यक छ : अर्थमन्त्री महत 


    काठमाडौं । जाजरकोट र रुकुममा भूकम्पले गरेको क्षतिमा पुनर्निर्माणका लागि ठूलो धनराशि आवश्यक रहेको अर्थमन्त्री प्रकाश शरण महतले बताएका छन् । आज कांग्रेसका बैठकबारे सञ्चारकर्मीसँग बोल्दै उनले अस्थायी आवास निर्माणका लागि पीडित परिवारलाई ५०÷५० हजार रुपैयाँ निकासा पठाउने काम भइरहेको भए पनि समग्र पुनर्निर्माणका लागि धेरै खर्च चाहिने बताए । गृहमन्त्रालयले तथ्यांक दिएपछि सहयोगका लागि सरकारले दातृनिकायहरुसँग कुरा गर्ने संकेत उनले गरे ।

    पार्टीको बैठकमा पनि उक्त विषयमा छलफल भएको उनले जानकारी दिए । ‘भूकम्पले जाजरकोट र अन्य जिल्लामा परेको प्रभाव र त्यहाँ राहत, उद्धार, अस्थायी बसोबास र दीर्घकालीन पुनर्निर्माणको विषयमा नेपाली कांग्रेस पार्टीले सुरुदेखि नै गम्भीरताका साथ काम गरिरहेको छ,’ उनले भने, ‘अर्थतन्त्रको विषयमा हामी के गर्दै छौ, सरकारमा बसेर के कस्ता चुनौतीहरु छन् भन्ने बारेमा प्रस्तुति भयो ।’ 

    ५०÷५० हजारका दरले अस्थायी आवासका लागि रकम पठाउने क्रम अगाडि बढिसकेको बताएका उनले पुनर्निर्माणका लागि ठूलो धनराशिको आवश्यकता रहेको बताए । ‘भोलिसम्म गृहमन्त्रालयले आवश्यक तथ्यांक दिने कुरा भएको छ । त्यसपछि दातृ निकायबाट कतिको सहयोग हुन्छ त्यसको परिचालन पनि गर्न लाग्छौ । बजेटको समस्याको बीचमा यो घटना भएको कारणले दबाब त छ तैपनि हामीले यो काम गर्ने छौं,’ उनले भने । 

    कांग्रेस बैठकमा महासमितिको बैठकको तयारीको बारेमा पनि गहन छलफल भएको उनले बताए । ‘महासमितिको बैठकलाई कसरी भव्य तरिकाबाट सम्पन्न गर्ने, विविध जनसरोकारको विषय, समसामयिक विषय र राष्ट्रिय महत्वका विषयमा आफ्नो विचार राख्ने र छलफल विषयमा कुरा भएका छन्,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend