२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐनको परीक्षण प्रतिवेदन सार्वजनिक


सञ्चार डबली
  • बुधबार, मंसिर १३ २०८०
  • 7.6K
    SHARES

  • images
    ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐनको परीक्षण प्रतिवेदन सार्वजनिक


    काठमाडौं । ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को जलवायु परिवर्तनबाट हुने असर न्यूनीकरण सम्बन्धी व्यवस्थाको परीक्षण प्रतिवेदन’ राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले सार्वजनिक गरेको छ ।

    समितिले ऐनमा उल्लिखित दफा कार्यान्वयनको अवस्था र प्रभाव लगायतका विषयको अध्ययन गर तयार गरेको प्रतिवेदन सार्वजनिक गरेको हो ।
    जलवायु परिवर्तनबाट खाद्य उत्पादनमा पर्नसक्ने प्रभाव र त्यसबाट हुने जोखिम न्यूनीकरणका लागि आवश्यक सुझाव प्रतिवेदनमा छ। जलवायु परिवर्तनले खाद्यान्नमा परेको असरहरुबारे सरकार गम्भीर हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

    जलवायु परिवर्तनको असरबारे किसानलाई जानकारी गराउन सरकारलाई सुझाव दिइएको छ । त्यस्तै, स्थानीय तहमै बिउबीजन बैंक स्थापना गर्नुपर्ने, कृषि उपजको क्षेत्रको थप विकासका लागि कार्यक्रम सञ्चालन गर्नुपर्ने लगायतका सुझाव पनि छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend