२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

परराष्ट्रमन्त्री साउद कतार भ्रमणमा जाँदै, विपिन जोशीको रिहाइको पहल गर्ने


सञ्चार डबली
  • बुधबार, मंसिर १३ २०८०
  • 9.2K
    SHARES

  • images
    परराष्ट्रमन्त्री साउद कतार भ्रमणमा जाँदै, विपिन जोशीको रिहाइको पहल गर्ने


    काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउद यही मङ्सिर २३ गते कतार भ्रमणमा जाँने भएका छन् ।  इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको रिहाइको पहलका लागि उनी मङ्सिर २३ मा कतार जान लागेका हुन् ।

    यसअघि मङ्सिर ८ गते परराष्ट्र मन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए । त्यसअघि मङ्सिर ७ गते उनले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend