२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

राष्ट्रियसभाको रिक्त पदका लागि माघ ११ गते निर्वाचन गर्ने सरकारको निर्णय


सञ्चार डबली
  • बुधबार, मंसिर १३ २०८०
  • 8.8K
    SHARES

  • images
    राष्ट्रियसभाको रिक्त पदका लागि माघ ११ गते निर्वाचन गर्ने सरकारको निर्णय


    काठमाडौं । सरकारले राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय गरेको छ ।निर्वाचन आयोगको सिफारिस अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोकेको प्रवक्ता रेखा शर्माले बताइन् । उनले भनिन्, ‘आजको बैठकले राष्ट्रिय सभाको एक तिहाई सदस्यको रिक्त हुन लागेको पदपूर्तिका लागि २०८० माघ एघार गते निर्वाचन गर्ने निणर्य गरेकोे छ ।’

    नेपालको संविधानको धारा ८६ को उपधारा ३ बमोजिम राष्ट्रियसभाका एक तिहाई सदस्यको पदावधि २०८० फागुन २० गते सकिँदै छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम सदस्यको पद रिक्त हुनुभन्दा ३५ दिन पहिले (माघ १५ गतेसम्म) निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ । आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनीत एक गरी २० सदस्यको पद रिक्त हुँदैछ ।

    राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ सदस्य पदको निर्वाचन हुँदै आएको छ । बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त रहेको सचिव पदमा सरिता दवाडिलाई बडुवा गर्ने तथा जाजरकोट भूकम्प प्रभावितको लागि अस्थाई आवास निर्माण गर्न सेना र शशस्त्र प्रहरीलाई खटाउने निणर्य पनि गरेको छ । यस्तै बैठकले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निणर्य गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend