२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नक्कली भुटानी शरणार्थी प्रकरणः पुनरावलोकन निवेदनमा आज बहस गर्दै सरकारी वकिल


सञ्चार डबली
  • बुधबार, मंसिर १३ २०८०
  • 9.9K
    SHARES

  • images
    नक्कली भुटानी शरणार्थी प्रकरणः पुनरावलोकन निवेदनमा आज बहस गर्दै सरकारी वकिल


    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमा आजबाट सरकारी वकिलले बहस गर्दैछन् ।गत मंगलबारदेखि उच्च अदालत पाटनमा न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा जारी सुनुवाइमा प्रतिवादीतर्फका सबै कानुन व्यवसायीको बहस हिजो सकिएपछि आजबाट सरकारी वकिलले बहस गर्नेछन् ।

    सरकारी वकिलको बहस सकिएपछि प्रतिवादीतर्फका वकिलले जबाफी बहस गरेपछि पुनरावलोकन निवेदनमा उच्च अदालतले फैसला सुनाउने छ । सम्भवतः आज र भोलिमा फैसला आउने छ ।नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले गत असार १ गते थुनछेक आदेश सुनाउँदै १६ जना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

    प्रतिवादीमाथि ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी अभियोग छ । ठगी प्रकरणका अभियुक्त सबैले जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा गत साउन १२ गते पुनरावलोकन निवेदन दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend