२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

कोप २८ मा भाग लिन आज यूएई जाँदै प्रधानमन्त्री दाहाल


सञ्चार डबली
  • बुधबार, मंसिर १३ २०८०
  • 9.2K
    SHARES

  • images
    कोप २८ मा भाग लिन आज यूएई जाँदै प्रधानमन्त्री दाहाल


    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज संयुक्त अरब इमिरेट्स (यूएई) जाँदै छन् । यूएईको दुबईमा भोलिदेखि सुरु हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) मा सहभागी हुन उनी आज राति १० बजे त्यसतर्फ जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आयोजक यूएईले अध्यक्षता गर्ने यो सम्मेलन तेह्र दिनसम्म चल्ने छ ।

    कोप–२८ मा सहभागितासँगै अति कमविकसित देशहरुको तर्फबाट नेपालले अध्यक्षताको प्रतिनिधित्व गरी जलवायु परिवर्तनले नेपालजस्ता अति कमविकसित देशहरुमा पारेको असरलाई उल्लेख गर्दै जलवायु न्याय र क्षतिपूर्तिका लागि सशक्त रुपमा आवाज उठाउने तयारी गरेको छ ।

    कोप २८ मा नेपालमा जलवायु परिवर्तनबाट परेको असर र त्यसको प्रभावको दृष्टान्त सम्मेलनमा देखाउने तयारी नेपालले गरेको छ । प्रधानमन्त्री दाहाल नेतृत्वको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend