२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

एनआरएनएमा चुलिएका विवाद समाधान गरिदिन सरकारसँग शर्माको आग्रह


सञ्चार डबली
  • मंगलबार, मंसिर १२ २०८०
  • 7.7K
    SHARES

  • images
    एनआरएनएमा चुलिएका विवाद समाधान गरिदिन सरकारसँग शर्माको आग्रह


    काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन) मा अध्यक्ष पदको दाबी गरिरहेका राजेन्द्रकुमार (आरके) शर्माले विवाद समाधान गरिदिन सरकारलाई आग्रह गरेका छन् । उनले संघको अनलाइन निर्वाचनमा भएको धाँधलीबारे केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरेको अध्ययन प्रतिवेदन उपलब्ध गराई संघमा चुलिएका विवाद समाधान गरिदिन सरकारलाई आग्रह गरेका हुन् ।

    आज काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले वर्तमान अध्यक्ष डा.बद्री केसी नेतृत्वले अनलाइन भोटिङमा धाँधली गरी आफ्नो पक्षमा मत बढाएको उल्लेख गर्दै संघभित्र पछिल्लो समय चुलिएको विवाद समाधान गर्न सरकार गुहारेका हुन् ।

    उनले केसी नेतृत्वको समूहले निर्वाचन प्रक्रिया नै परिवर्तन गरी गैरकानूनी रुपले आफ्नो पक्षमा नतिजा पारेको भन्दै आफूहरुले निर्वाचनमा भएको धाँधलीको निष्पक्ष अनुसन्धान गराउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) मा गरेको उजुरीबारे अनुसन्धान प्रतिवेदन पाउनुपर्ने बताए ।

    उनले भने, ‘सीआइबीमा हामीले छानबिनका लागि उजुरी हालेको ३५ दिनभन्दा बढी भयो । सोबारे सत्यतथ्य के हो भनेर कागजपत्र माग्दा हामीसम्म आइपुगेको छैन । तर, केही मिडियामार्फत जान्ने मौका मिल्यो, सीआइबीको अनुसन्धान गरेको कुरा बाहिर आइससकेको रहेछ ।’

    शर्मा नेतृत्वको समूहले वर्तमान केसी नेतृत्वको एनआरएनए गैरकानूनी भएको दाबी गर्दैै पुनः निर्वाचन गराउनुपर्ने माग गर्दै आएको छ ।शर्माले समस्या समाधानका लागि पुनः निर्वाचन गर्नुपर्ने मागसहित हाल चुलिएको विवादलाई समाधान गरिदिन सरकारलाई आग्रह गरेका छन् ।

    उनले भने, ‘म विनंम्रपूर्वक नेपाल सरकारलाई आग्रह गर्छु, यो गैरआवासीय नेपाली संघका विवाद समाधान गर्दिनुस् र निर्वाचनमा भाग लिएको उम्मेदवारले सीआइबीमा हालेको निवेदनका आधारमा सीआइबीले गरेको अनुसन्धानको अफिसियल रिपोर्ट उपलब्ध गराइदिनुहोस् ।’शर्मा नेतृत्वको समूहले पुनः निष्पक्ष निर्वाचन हुनुपर्ने माग गर्दै विज्ञप्ति पनि जारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend